शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

अमेरिकालाई पराजित गर्दै नेपालले हात पार्याे पहिलाे जित

२५-माघ-२०७६ | ०५:१३:४९ pm

नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो ।

अमेरिकाको सुरुवाती ब्याटिङ लाइनलाई नेपाली बलरले क्रिजमा टिक्न दिएनन् । १३ रन बनाएको अवस्थामै अमेरिकाका चार ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए ।

६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए ।नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।

सम्बन्धित समाचार