बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपतिको सिफारीस नेकपाको लेटरप्याडमा

२५-माघ-२०७६ | ०८:००:०४ am

धरान । सत्तारुढ नेकपाले संस्थागत रुपमा शक्तिको दुरुपयोग गरेको एउटा उदाहरण फेला परेको छ । सरकार भएपछि आफू निकटका मानिसलाई राजनीतिक नियुक्ति दिलाउनु स्वभाविक हो । तर, पार्टीकै लेटरप्याडमा यसलाई यो पदमा नियुक्र गर्नु पर्छ भन्ने कहाँसम्म जाहेज होला, अवस्य पनि जाहेज होइन ।

नेकपाले भने पार्टीकै लेटरप्याडमा बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ति गर्न सिफारीस गरेको पत्र सार्वजनिक भएको छ ।

नेकपा धरान उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भानुभक्त ढकाललाई उपकुलपति सिफारीस गरेको पत्र सार्वजनिक भएको हो ।

नेकपा धरान उपमहानगरपालिकाका अध्यक्ष नारायण सुवेदी तथा सचिव सुर्दशन श्रेष्ठले हस्ताक्षर गर्दै पार्टीको छाप समेत प्रयोग गरेर लेटरप्याडमा उपकुलपतिको नाम सिफारीस गरेका हुन ।

पत्रमा प्राध्यापक डा. गुरु बराललाई उपकुलपति बनाउन सिफारीस गरिएको छ । उनलाई पत्रमा बिद्यार्थी जीवनदेखि अनवरत कम्युनिष्ट पार्टी राजनीतिमा संलग्न भएका प्राध्यापकको रुपमा प्रष्टयाइएको छ ।

राजनीतिक दलको शिक्षण संस्थामा चरम दुरुपयोग प्रष्ट नमुना हो यो । सक्षम, योग्य ब्यक्ति परिक्षा पास गरेर आउनु पर्नेमा राजनीतिक सिफारीसमा आउनेले संस्थालाई राम्रो बनाउलान या पार्टीको हितमा काम गर्लान त्यो सोचनिय विषय बनेको छ ।

सम्बन्धित समाचार