शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

जीवनमा ७ लाख नदेखेका मानिसलाई ८ करोडको भ्रष्टाचारी बनाए पापीहरुले

२४-माघ-२०७६ | ०६:५८:५९ pm

 

एक जना व्यक्ति जो १२० दिनका लागि मन्त्री बनेका थिए । उनले प्रकृयागत रुपमा आएको एउटा फाइलमा सहि गरे बापत ८ करोडको भ्रष्टाचारमा फसाइएका छन् । २०६९ जेठ ३ देखि असोज ३ गतेसम्म मन्त्री बनेका चन्द्रदेव जोशीले एक अनलाइनसंग भनेका छन् , ‘जीन्दगीमा आठ लाख त देखेको छैन सात करोड कहाँबाट ल्याउनु ’

अख्तियारले दायर गरेको मुद्दामा जोशीमाथि सात करोड आठ लाख ४८ हजार विगो मागदावी गरिएको छ । त्यो रकम कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा जोशीको जवाफ छ । मस‌ग कुनै उपाय नै छैन र म दोषी छैन । बाँकी अदालतले हेर्ला म के नै गर्न सक्छु र ।

यसगरी उनले यो ललिता निवास प्रकरणमा के भएको हो भन्ने सन्दर्भमा केही कुरा उक्त अनलाइनसंग बताएका छन् ।
२०५८ सालमा । त्यो कुरा समरजंग कम्पनीसँग जोडिएको रहेछ । त्यहाँ ३ रोपनी १२ जग्गा सरकारी अर्थात अधिग्रहण गरेको जग्गा रहेछ । त्यो जग्गामा केही मानिसहरुले मलाई त नाम पनि थाहा छैन यो पशुपति टिकिन्छा गुठीको हो र हामी गुठियार हौं, त्यसैले हामीलाई मोहीका रुपमा दर्ता गराइपाऊँ भनेर निवेदन दिएका रहेछन् । उनीहरुको निवेदनपछि गुठी संस्थान त्यसको छानविनमा लाग्यो होला ।

त्यसक्रममा ललिता निवासको जग्गा व्यक्तिको नाममा जाने कुरा भएछ । पछि कुनै वकिलले यो सरकारी जग्गा व्यक्तिको नाममा गयो भनेर कुरा उठाएछन् । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोतर्फबाट छानविन गरेर नै यहाँसम्म आइपुग्यो होला । तर मैले थाहा पाएसम्म जो मानिसहरु हामी गुठियार हौं भनेका थिए उनीहरुले अख्तियारको निर्णय बदर गरीपाउँ भनेर सर्वोच्च अदालतमा पनि मुद्दा हालेका रहेछन् । त्यसमा सर्वोच्चले अधिकारप्राप्त निकायले आफ्नो काम गरिरहेका बेलामा अधिकार नपुगेको क्षेत्रमा घुसेर गरेको निर्णय बदर गरिएको छ भनेर परमादेश गरेको रहेछ ।सर्वोच्चले गुठी संस्थानलाई ‘जेजस्तो गर्नुपर्ने हो यथाशीघ्र गरेर सुचना दिनु’ भनेर भनेको रहेछ । त्यसपछि गुठी संस्थानले आफ्नो प्रकृया अगाडि बढायो । यसमा को मोही, को के भनेर मैले हेर्ने कुरा पनि भएन ।
यस पछि
सरकारी जग्गा व्यक्तिको नाममा लैजानलाई किटानीसाथ मन्त्रिपरिषद बैठकले गर्नुपर्ने रहेछ । सर्वोच्चको आदेश अनुसार फाइल बनाएर उसको नाममा राख्न स्वीकृतिको लागि क्याविनेटमा पेश गर्न अनुरोधसहित मन्त्रालयमा ल्यायो । त्यसमा मन्त्रालयले अनुसन्धान गर्ने कुरा पनि हुँदैन । गुठी संस्थानले मोही हुन् भनेर स्थापित गरिसकेको र सर्वोच्चले समेत आदेश दिइसकेकाले त्यो फाइल २०६७ सालमै मन्त्रालयमा आइसकेको रहेछ । तर त्यो फाइलबारे निर्णय हुनुअघि नै त्यसवेलाको सरकार विघटन भयो । त्यसपछि मोही भन्नेहरु संघर्षमा गएछन् । यसैगरी चल्दै गएछ । जब म सरकारमा गए फेरि त्यो फाइल आएको रहेछ । सर्वोच्चको आदेश, गुठी संस्थानको निर्णय र प्रकृयाअनुसार मन्त्रालयका कर्मचारीले टिप्पणी उठाए मैले सदर गरेँ, अनि त्यो मन्त्रिपरिषदमा गयो ।

त्यो समयमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उ फाइल पेश भएपछि तुरुन्तै चन्द्रदेव जोशीले राजीनामा दिएका रहेछन् । अब के हुन्छ उनलाई थाहा छैन । पापीहरुले मुद्धा हाली हाले अव जे जे पर्छ सहने हो । भन्दै ति नेताले गुनासो पोखेका छन् ।

सम्बन्धित समाचार