बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश नं १

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४०० जनाले लिए सेवा

२३-माघ-२०७६ | ०८:४८:०४ am

झापा -भद्रपुर ६ मा माघ २१ र २२ गते आयोजित निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४०० जना सर्वसाधारणले सेवा लिएर लाभान्वित भएका छन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग तथा भद्रपुर नगरपालिकाको व्यवस्थापन सहितको आयोजनामा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा मंगलवार र बुधवार दुई दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
जिल्ला आयुर्वेद सेवा केन्द्रका भद्रपुरका प्रमुख डा। अनिल यादव, जिल्ला आयुर्वेद सेवा केन्द्र पाँचथरका प्रमुख डा‍.मुरलीप्रसाद शाह, कविराज आम सुशील यादव, अनिल ठाकुर, जिल्ला आयुर्वेद सेवा केन्द्रका कविराज निरीक्षक हरेन्द्र शाह, वैद्य निरीक्षक मनोजकुमार पण्डित र फिजियोथेरापिस्ट डा‍.शिवेन्द्र मरिक यादवले बिरामी जाँच गरेका थिए।

शिविरमा सहभागीहरुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण, फिजियोथेरापी सेवा, पञ्चकर्म र पूर्वकर्म अन्तर्गतका स्नेहन–स्वेदन लगायतका प्राकृतिक उपचार संग सम्वन्धित सेवा प्रदान गरिएको थियो।

सम्बन्धित समाचार