शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

नेपाल र भारत दुवै छिमेकी हारे

२२-माघ-२०७६ | ०५:३७:१६ pm

 

आज नेपाल ओमनसंग खेलेको खेलमा नेपाल १८ रनले पराजित भएको छ भने भारत र न्युजीलेण्ड बीचको एक दिवसीय खेलमा भारतले हारेको छ । नेपाललाई ओमनले मात्र १९८ रनको चुनौति दिएतापनि नेपालले १८ रनले त्यो भेट्न सकेन भने भारतले दिएको ३४८ रनको चुनौति न्युजिलेण्डले सहज रुपमा पच्छ्याउन सक्यो ।

नेपालमा भएको खेलमा

हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६।५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल पाहुना टोली ओमानसँग १८ रनले पराजित भएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरको जाडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले कमजोर अवस्थामा पुगेको नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपालका लागि शरदले सर्वाधिक ५५ रन बनाएका थिए । उनले १०७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका थिए । यस्तै, ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ तथा विनोद भण्डारीले २६ रन बनाएका थिए ।

नेपालका लागि ओपनिङ ब्याटर नचल्दा टोलीलाई शुरुवाती दबाब परेको थियो । ओपनिङमा नेपालका अनुभवी खेलाडी पारस खड्का ३ रन र कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।

यस्तै, अलराउण्डर करण केसी र मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल शुन्यमा आउट हुँदा नेपाल कमजोर बनेको थियो ।
नेपालविरुद्ध ओमानका जिसन मक्सुदले ३ विकेट लिए भने कलिमुल्लाहले २ तथा मोहम्मद नामेद, अक्विब अयास, खबार अलि र विलाल खानले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

ओमानका लागि मोहमद नामेदले सर्बाधिक नटआउट रहँदै ६९ रन बनाएका थिए भने ओमानका लागि सन्दिप गौड ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा आकिब इलियासले १६ रन बनाएका थिए ।

ओमानविरुद्ध नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सुशन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
अब नेपालले शृङ्खलाको दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।
उता भारतले टि २० मा न्यूजीलेण्डलाई ५ पटक जितेपनि आजको वान डेको पहिलो म्याचमा हारेको छ । पहिला व्याटिंग गरेको भारतले श्रेयस अय्यरको १०९, केएल राहुल ८८ बिराट कोहलीले ५१ रन बनाए पनि, न्युजीलेण्डका कप्तान रोस टेलरले आउट नभई १०९ रन बनाए पछि सवै परिवेश फेरिएको थियो । हेनरी निकल्सन ७८, टाम लेथम ६९ बनाए पछि सजिलै लक्ष्य प्राप्त गरेको थियो ।

सम्बन्धित समाचार