शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र प्राप्त गर्ने कार्यलाई गैरकानुनी घोषणा

१९-माघ-२०७६ | ०९:०८:२१ am

काठमाडौं । राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्यलाई गैरकानुनी भनी घोषणा गरेको छ ।

साथै, राष्ट्र बैंकले सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही हुने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा विज्ञापन गरेबापत पैसा तिर्दा वा लिँदा बैंकिङ प्रणालीको प्रयोग गर्न भनेको छ ।

विज्ञापन एजेन्सीहरूका अनुसार गुगल र सामाजिक सञ्जालको विज्ञापनमा वार्षिक डेढ अर्ब रकम बाहिरिने गरेको अनुमान छ । यो अनुमानभन्दा बढी रकम बाहिरिएको हुन सक्ने सूचना–प्रविधिका विज्ञ बताउँछन् । त्यस्तो विज्ञापनमा नेपालीले पैसा खर्चिरहेका छन् भने युट्युबजस्ता इन्टरनेट ‘प्लेटफर्म’मार्फत धेरैले विदेशबाट पैसा आर्जन गरिरहेका छन् ।

गीत, हास्यव्यंग्यलगायत सामग्री युट्युबमा राखेर नेपालीले ठूलो कमाइ गरिरहेको विवरण सार्वजनिक हुने गरेका छन् । त्यस्तो आम्दानीबाट नेपाली बैंकमा विदेशी मुद्रा जम्मा हुन सकेको छैन । त्यही कारण ‘भुक्तानी र प्राप्ति’ अनौपचारिक माध्यमबाट गरिनु हुन्न भन्ने मान्यतामा विदेशी विज्ञापन बजारलाई कडाइ गर्न लागिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

‘त्यस्तो किसिमको कारोबारलाई व्यवस्थित गर्न के गर्नुपर्छ ? हामी छलफल गर्न तयार छौं । ’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले भने । ट्विटर, फेसबुकजस्ता संस्थाले नेपालबाट औपचारिक रूपमा पैसा लैजाने वा ल्याउने वैधानिक बाटो नभए त्यसलाई वैधानिकीकरण गर्नुपर्ने विभाग प्रमुख मिश्र बताउँछन् । यसका लागि राष्ट्र बैंकले विज्ञापन एजेन्सीलाई पनि विदेशी विनिमय कारोबार गर्ने इजाजत दिन लचक हुने संकेत गरेको छ ।

यो वर्षको मौद्रिक नीतिमा सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानीलाई व्यवस्थित गर्ने उल्लेख छ । इन्टरनेटमा आधारित विज्ञापनको बाह्य भुक्तानीलाई औपचारिक माध्यममा ल्याउन नसक्दा मुलुकको भुक्तानी सन्तुलनको तथ्यांक तथ्यपरक हुन सकेको छैन । कति पैसा नेपाल भित्रियो र कति बाहिरियो भन्ने वास्तविक तथ्यांक प्राप्त हुन नसकेपछि अर्थतन्त्रको खास रूप देख्न पाइँदैन । यस्तो व्यवधानलाई चिर्न नसक्दा सरकार र केन्द्रीय बैंकले आफ्नै अर्थव्यवस्थाको लगाम गुमाउन सक्छन् ।

विदेशी विनिमय नियमित गर्ने ऐनले कुनै पनि किसिमको विदेशी मुद्रा कारोबार राष्ट्र बैंकबाट इजाजत लिएर मात्र गर्नुपर्ने भन्ने व्यवस्था छ । ऐनले बिगोको तीन गुणासम्म जरिवाना भराउन सक्ने र १ करोडभन्दा बढी बिगो भए ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । राजनीतिक नियुक्तिका पदमा बहाल रहेका व्यक्तिले त्यस्तो बदमासी गरे थप दुई वर्ष कैद र दोब्बर सजाय हुन्छ । (सौजन्य ः अन्नपूर्णपोस्ट)

सम्बन्धित समाचार