मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
बेलायती प्नधानमन्त्रि बेारिस जोनसन आइसियु मा ।   * कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि १० हजारसम्म जरिवाना गराइने   * कांग्रेसद्वारा कोरोना ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा   * प्रधानमन्त्रीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने   * राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त   * बैशाख ३ सम्म लकडाउन   * ताकमकोट   * भारतमा एउटै अस्पतालका २६ नर्स र ३ डाक्टरमा कोरोना: अस्पताल नै बन्याे क्‍वारेन्टाइन   * राष्ट्र बैंकको गर्भनर नियुक्ती हुदै: तीनजना सिफारिस   * लकडाउनमा युवतीको गोली हानी हत्या: श्रीमान पक्राउ   *
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
Welcome news

बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…

०८-माघ-२०७६ | ०९:४०:५२ pm

काठमाडौं। भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् । यस्तो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको आज तकले लेखेको छ ।

यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा नै भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: