बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश

५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने

०८-माघ-२०७६ | ०६:३३:४८ pm

‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने भएको छ ।

माघ १०, ११ र १२ गते गरी तीन दिन हुने मुख्य सम्मेलन हुने आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ ।

कार्यक्रममा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टलहरु रहने छन् ।

स्टलमा निर्माण सामाग्री, भवनका मोडलहरु, पेपर ब्रिज, विभिन्न सिभिल इन्जिनियरिङ डिजाइनगरी इन्जिनियरिङ क्षेत्रलाई समेट्ने सबै खाले स्टलहरु रहने सोसाइटीका सचिव अभिषेक घिमिरेले जानकारी दिए ।

आयोजकले प्यानल टक कार्यक्रमअन्तर्गत निजगढ विमानस्थलको विषयमा विज्ञहरुसँग अन्तक्रिया कार्यक्रमहरु समेत गर्ने भएको छ ।

सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्नेछन् । कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनियरिङ कलेजहरुको सहभागीता रहने छ ।

प्रदर्शनीमा ३० हजार भन्दा बढी इन्जिनियरिङ क्षेत्रका मानिसहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

सम्बन्धित समाचार