बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश

नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

०८-माघ-२०७६ | ०५:४०:०८ pm

हेटौँडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपालीका नेता ईन्द्रबहादुर बानियाँले धादिङ ट्रक दुर्घटनामा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

बानियाँले बुधबार विज्ञप्ति जारी गर्दै धादिङको निलकण्ठ नगरपालिका–८ मा मंगलबार भएको दुर्घटनामा ७ जनाको मृत्यु र ३० बढि घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । नेता बानियाँले घाइतेहरुको उपचार र मृतकका परिवारलाई राहतको उचित व्यवस्था मिलाउन समेत प्रदेश सरकारसंग माग गरेका छन् ।

उनले दुर्घटनाका न्यूनिकरणका लागि अभियान संचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेका छन् यस्तै, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ स्थित दामनको एभरेष्ट पानोरमा रिसोर्टमा निसासिएर मृत्यु भएका ८ जना पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्य, तथ्य छानविनका लागि संघीय र प्रदेश सरकारसंग माग गरेका छन् ।

सम्बन्धित समाचार