मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
बेलायती प्नधानमन्त्रि बेारिस जोनसन आइसियु मा ।   * कैलालीको बौनियामा लकडाउन नियम उलंघन गर्नेलाई ७ देखि १० हजारसम्म जरिवाना गराइने   * कांग्रेसद्वारा कोरोना ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा   * प्रधानमन्त्रीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने   * राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त   * बैशाख ३ सम्म लकडाउन   * ताकमकोट   * भारतमा एउटै अस्पतालका २६ नर्स र ३ डाक्टरमा कोरोना: अस्पताल नै बन्याे क्‍वारेन्टाइन   * राष्ट्र बैंकको गर्भनर नियुक्ती हुदै: तीनजना सिफारिस   * लकडाउनमा युवतीको गोली हानी हत्या: श्रीमान पक्राउ   *
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
Welcome news

सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन

०८-माघ-२०७६ | ०४:५७:२७ pm

काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुखमा निर्विरोध भएका अग्नीप्रसाद सापकोटाले सपथ नलिदै उनीबिरुद्ध सडकमा नारा जुलुुस हुन थालेको छ । मंगलबार सापकोटाले सभामुख पदमा उम्मेदवारी दिएका थिए । उनको मात्र उम्मेदवारी परेपछि औपचारिक उनी निर्विरोध सभामुख भइसकेका छन् ।

कर्तब्य ज्यान जस्तो गम्भीर आरोप लागेका सापकोटालाई सभामुख नबनाउन आग्रह गर्दै काठमाडौंका सडकमा विरोधस्वरुप जन प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्यसमेत रहेका सापकोटालाई सभामुख जस्तो गरीमामय पदमा नराख्न आग्रह गरेका छन् ।

हत्या आरोपीलाई सभामुख नबनाउन आग्रह गर्दै प्रदर्शनकारीले काठमाडौंको माइतीघरमा उनीबिरुद्ध नारावाजी समेत गरेका छन् । हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामूख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा लगाइएको थियो ।

२०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोग सापकोटामाथी लाग्दै आएको छ । तर सापकोटाले भने आफु घटनामा संलग्न नरहेको दावी गर्दै आएका छन् । उनीबिरुद्ध परेको मुद्दाको सुनुवाई यही २० माघमा हुँदैछ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: