बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

आज त शेयरमा हरियाली देखियो भोली के होला

०७-माघ-२०७६ | ०४:०९:०७ pm

 

शेयर बजारमा आज अचम्मको उतार चढाव भएको छ घरी सूचक रातो त घरी हरियो हुँदै गर्दा अन्तमा ३ प्लस अंक नेप्से सुधारिएको छ । हिजो २६ अंकले घटेको शेयर आज बढेको छ । भोली के होला भन्ने शंका आशंका कौतुहल र खटपटि छ । यहि हुने भएकोले यसलाई जुवा भन्ने गरिएको हो । तासमा जसरी तुरुपको आशा गरिन्छ लगानीकर्ताले पनि शेयर बजारमा बढेको देख्न चाहान्छन् सवैले ।

नेप्से सूचक ३.३६ अंकले बढेर १३२०.४७ विन्दुमा आइपुगेको छ । १८३ कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४४ लाख ५५ हजार ५४५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकोमा ६ समूहको सूचक बढेको छ बाँकी ६ वटा समूह राता भएका छन् । वाणिज्य बैंक समूह ४.६७ अंकले बढेको छ ।

कारोबार रकममा हिमालयन बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । यसको २४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः हिमालयन डिस्टिलरी र एनआइसी एसिया बैंक परेका छन् । यस दिन गुराँस लाइफ इन्सुरेन्स र ग्लोबल आइएमई बैंकको सेयर भाउ १०५ ले बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया ग्रोथ फन्डका लगानीकर्ता छन् । यसको ६.४८५ ले घटेको हो ।
शेयर मा नेप्से रातो भएपनि कुनै कम्पनीको मुल्य बढेको हुन्छ । नेप्से हरियो भएपनि कुनैको घटेको हुन्छ । त्यसैले यो जुवा भन्दा केही फरक हो । शेयरमा सवै कम्पनीको घट्दा केहीको बढ्छ र धेरैबो बढ्दा केहीको घट्न सक्छ । यसलाई पुर्व जन्मको फल भन्नु हुँदैन राम्रो कम्पनी छान्न सके त्यो बढ्छ र कम्पनी नै कमजोर भए अरु जतिसुकै बढे पनि आफ्नो बढ्दैन ।
जहाँसम्म भोली शेयर के हुन्छ भन्ने प्रश्नमा अन्यौल छ यहि अन्यौललाई जोखिम भनिन्छ । आजको दिन गयो यत्तिकैमा जे जति भए पनि नाफा कमाउ भन्ने वालाको संख्या बढी भएमा शेयर घट्छ ।
अझै बढ्ने वाला छ लगानी गरौ भन्ने संख्या बढेमा शेयर बढ्छ । भोली के होला भन्ने अनुमान भएपनि पत्रिकामा लेख्न मिल्दैन ।

सम्बन्धित समाचार