मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

इन्टिग्रेटेड चेकपोष्टको उद्घाटन आज हुँदै

०७-माघ-२०७६ | ११:२७:१४ am

प्रदेश १ को विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट (आइसिपी) को उद्घाटन हुँदै छ । चेकपोस्ट आज हुन लागेको हो ।

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आइसिपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी छ । आज बिहान १० बजे भिडियो कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले स्वीच अन’ गरेर उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले काठमाडौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको उद्घाटन गर्नु हुनेछ । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।

सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौताअनुसार काम भने भएन ।

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफूअनुकूल बाहिर निकाल्न सक्ने छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: