बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले

०६-माघ-२०७६ | ०७:४४:०६ pm

 

एगोलका पुर्व राष्ट्रपतिकी छोरी इसाबेलडोल डस सान्तोष ले देशका महत्वपुर्ण श्रोत हिरा, टेलीकम, खानी तेल आदिमा कब्जा गरी सवै आफनो खातमा जम्मा पारेको एक गोप्य कागजपत्र फेला परेको छ । एंगोला प्राकृतिक रुपले अति धनी देश हो । उनी अहिले बेलायतमा छन् उनलाई गलत आरोप लगाएको बताएकी छन् तर दस्तावेज त्यो मान्न तयार छैनन् ।

इसाबेलसम्बन्धी अधिकांश दस्तावेज प्लेटफर्म टु प्रोटेक्ट विसल ब्लोअरर्स इन् अफ्रिकाले फेला पारेको थियो, जसलाई इन्टरनेसनल कसोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आईसीआईजे सँग साझा गरिएको थियो । यसलाई द गार्जियन र पोर्चुगलको एक्सप्रेसो पत्रिकासहित ३७ अन्य मिडिया संस्थानहरुले अध्ययन गरेका थिए । यसैले गरिव देशमा सरकार तथा भ्रष्टहरु पत्रकारसंग डराउँदछन् ।
इसाबेलका पिता होजे एड्वार्डो डस सान्तोस ३८ वर्षसम्म एङ्गोलमा शक्तिमा थिए । एड्वार्डो राष्ट्रपति भएकै बेला इसाबेललाई सन् २०१६ मा सङ्कटग्रस्त सोनान्गोलको नेतृत्व गर्ने अवसर दिइएको थियो ।

सन् २०१७ को सेप्टेम्बरमा एड्वार्डोले राष्ट्रपति पदबाट अवकास लिएपछि पार्टीबाट उनले आफ्नो उत्तराधिकारी छनौट गरेका थिए । नयाँ राष्ट्रपतिको आगमनसँगै इसाबेलको पद धरापमा परेको थियो । नभन्दै दुई महिनापछि उनी बर्खास्तीमा परिन् ।

नयाँ राष्ट्रपति जोआओ लौरेन्कोले पूर्व राष्ट्रपतिको सम्पत्ति यति धेरै चासो दिँदै छानबिन सुरु गरेपछि धेरै अङ्गोलावासीहरु नै छक्क परेका थिए ।

अहिले सार्वजनिक भएका दस्तावेजहरुमा सोनान्गोल छाड्दाछाड्दै इसाबेलले दुबईमा रहेको म्याटर बिजनेस सलुसन्स नामक कन्सल्टेन्सी कम्पनीलाई शङ्कास्पद रूपमा ५।८ करोड डलर ९करिब ६.५ अर्ब नेपाली रुपैयाँ. तिरेको देखिएको छ ।
उनले म्याटरसँग आफ्नो केही आर्थिक चासो नभएको बताए पनि उक्त कम्पनी इसाबेलकै बिजनेस म्यानेजरले सञ्चालन गर्ने गरेको र उनका साथीको स्वामित्व रहेको देखाउँछ ।

उनी बर्खास्तीमा परेको दिन मात्र सोनान्गोलको लन्डनस्थित कार्यालयमा ५० भन्दा बढी बिलहरु पठाइएको थियो । इसाबेलले आफ्नो साथीको कम्पनीलाई बर्खास्तीमा परेपछि रकम प्रदान गरेकी थिइन् ।

म्याटरले सानान्गोलका लागि कन्सल्टेन्सीको काम गरेको भए पनि त्यत्रो ठूलो रकमको कन्सल्टेन्सीले के काम गर्‍यो भन्ने खुल्न सकेको छैन ।

एउटा बिलमा केमा खर्च भयो भनेर स्पष्टसँग नखुलाई ४ लाख ७२ हजार १९६ युरो माग गरिएको छ भने कानुनी सेवाका लागि भन्दै ९ लाख २८ हजार ५१७ डलर माग गरिएको छ ।

सोही दिन सोही कामका लागि भन्दै ६ लाख ७६ हजार ३३९.९७ युरोको दुई बिल पठाइएको छ । त्यसलाई पनि इसाबेलले भुक्तानी दिएकी छिन् ।

हिराको उद्योगमा पनि यस्तै छ । इसाबेलका पति सिन्डिका डोकोलोले सन् २०१२ मा एङ्गोलको राज्यद्वारा सञ्चालित हीरा कम्पनी सोडियामसँग एकपक्षीय सम्झौता गरे । जसमा दुवै कम्पनी स्विस लक्सजरी ज्वेलर डे ग्रिसोगोनोको हिस्सेदारी किन्दा ५०–५० को पार्टनर हुने बताइएको थियो ।
तर यसका लागि लगानी भने राज्यद्वारा सञ्चालित कम्पनीले गर्नुपर्ने थियो । दस्तावेजमा १८ महिनाको अन्तरालमा सोडियामले ७.९ करोड डलर लगानी गर्दा डोकोलेले मात्र ४० लाख डलर लगानी गरेको देखिन्छ । सोडियामले करार सम्झौता गरेबापत डोकोलोलाई ५० लाख युरो प्रदान गरेको थियो, जसले गर्दा उनले यसमा आफ्नो कुनै रकम नै खर्च गर्नुपरेन ।

अझ सोडियामले आफूलाई आवश्यक सबै रकम एउटा निजी बैङ्कबाट लिएको देखिन्छ, जसमा इसाबेलको ठूलो हिस्सेदारी रहेको छ । उक्त रकमका लागि ९ प्रतिशतसम्म ब्याज तिर्नुपरेको थियो । ऋणलाई उनका राष्ट्रपतिका पिताले ग्यारेन्टी गरेका थिए ।

सोडियामका नयाँ कार्यकारी प्रमुख ब्राभो डा रोसाले यस सम्झौताबाट सोडियामले कुनै फाइदा प्राप्त नगरेको र ऋण तिर्दासम्म २० करोड डलर गुमाएको बताए ।

पूर्व राष्ट्रपतिले इसाबेलका पतिलाई एङ्गोलाको काँचो हीरा किन्ने अधिकार पनि दिएका थिए । एङ्गोलाको सरकारका अनुसार निकै कम मूल्यमा बिक्री गरिएको थियो । यसमा सरकारलाई १ अर्ब डलरभन्दा बढी घटा पुगेको उनीहरुको दाबी छ ।

अर्बपति इसाबेलले एङ्गोलको टेलिकम क्षेत्रबाट पनि ठूलो नाफा हासिल गरेको देखिन्छ । इसाबेलले देशको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी युनिटेलको २५ प्रतिशत सेयर खरिद गरेकी थिइन् । उक्त कम्पनीलाई उनकै पिताले सन् १९९९ मा लाइसेन्स दिएका थिए । इसाबेलले अर्को वर्ष नै एक शीर्ष सरकारी अधिकारीबाट कम्पनीको सेयर हासिल गरेकी थिइन् । कम्पनीले उनलाई १ अर्ब डलर लाभांश वितरण गरिसकेको छ भने उनको कम्पनीमा हिस्सेदारी थप १ अर्ब डलरको छ । तर, उनले निजी कम्पनीबाट रकम यसरी मात्र प्राप्त गरिनन् ।
यसरी एक्काइसौ शताव्दीमा यसरी देश लुट्ने त अरु पनि होलान् तर प्रमाणमा कमजोर भएको घटना यहि होला ।

सम्बन्धित समाचार