बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस

०६-माघ-२०७६ | ०४:४४:०३ pm

व्यक्तिको प्रशंसा गर्न पाईन्छ , अहाे  दौरा कति सफा कोट कति सुहाएको , बुलाकी कति टपक्क आदिआदि ।

किनकी व्यक्ति कसैको नजिक टाढा हुन सक्छ तर पद र काम सार्वजनिक सम्पत्ति हो तथ्यसापेक्ष हुनु पर्छ ।

केही दिन अगाडी प्रधान बालुवाटार हो वा यस्तै कुनै टारमा केही दर्जन पत्रकारलाई सरकार र पार्टीको तर्फबाट प्रशिक्षण दिइयो । ति मध्येका तत् पार्टीका पत्रकारले अगाडी हात  उठाएर लाल सलाम वा स्वेत सलाम गरको फोटो भाइरल भएको छ । उनीले त्यहाँ बाट निस्के पछि वा त्यस पछाडी कुनै न कुनै रुपमा सरकारलाई प्रशंसा गरेकै होलान् । पार्टीबाट अनेक सुविधा पाएकाले जहिले जसको पनि व्यक्तिगत रुपमा गुणगान गाउन पाउँदछ ।
हामी भजन संस्कृतिबाट हुर्केका हुनाले कुनै न कुनै रुपमा भजन हाम्रो दैनिकी हो ।

त्यसैले भजन गाउनेलाई भजन गाउने अधिकार छ । ओलीको प्रचण्डको देउवाको लगायत आआफ्नो हैसियत अनुसार पँहुच भएकाले माधव नेपाल, विष्णु रिमाल, विषण्ु पौडेल, लगायत केही शुभलाभ हुने छाँट छ भने गोकुल बास्कोटा, कृष्ण सिटौला, लगायत जसको प्रशंसा गरे पनि हुन्छ ।
तर व्यक्ति प्रशंसाको वीच्वीचमा उनीहरुको कामको अर्थात सरकारको कामको प्रशंसा गर्ने परिपाटीबाट मुक्त होऊँ ।

किनकी सरकारमा गै सके पछि लगभग १६ खर्बको बजेट खर्च गर्दा केही राम्रा काम हुन्छन । त्यसलाई प्रशंसा गर्नु भनेको आत्मुग्धताको फूल बर्षाएर उनीहरुलाई जिम्मेवारीबाट बिमुख पार्नु हो ।
राम्रो काम समाजको आत्मले लेख्छ र लेख्नु पर्छ । लाभ पाउने व्यक्तिले मन मनले लेखोस र भोट हालोस ।

बृद्ध भत्ता बाडियो, हात्ति पाइलेको दवाई बाँडियो, केटाकेटीलाई फेसबुक बढी नचलाउन भनियो के यो विकास हो यसको प्रशंशा गर्नु पर्छ । भेनाजु खल्तीबाट रकम भिकेर जुल्फी ख्वाउने साली नबनुन पत्रकार वा वुद्धिजीवि । सरकारले केही काम गरेको सवैलाई थाहा छ । कृषिमा अनुदान दिन्छ, रासायनिक मलको व्यवस्था गर्छ , पत्रकारलाई न्युनतम तलब देउ भन्छ , ट्राफिक जाम हुन्छ भनेर ट्रफिक सिपाही खटाउँछ, लाखौ शिक्षकलाई स्थायी बनाएर १० देखि ४ बजे सम्म पढाउन लगाएको छ । त्यसैले अमुक प्रम वा म अर्थात मन्त्री सफल भन्न हुन्छ । यो भनेको मामाको धनमा फुपुको श्राद्ध हो ।
यस्तै कर्मकाण्डि काममा सरकारलाई जय जय कार नगरौ । गाली गर्नु पर्छ भनेको होइन ।

अभाव छ, अशिक्षा बाँकी छ , रोजगारी छैन, शान्ति छैन, मिटर व्याजवाला ज्यूँदै छन्, लोकसेवा आयोग बाहेक अन्यत्र पार्टी क्याडरले बाहेक जागिर पाउँदैन अनि के कालागि सरकार सफल भन्ने ।
मध्ये पहाडी लोक मार्ग ७०० किमि पीच भयो, मेलाम्ची ३९३ मिटरमात्र खन्न बाँकी छ , सेना प्रहरी र शिक्षकमा १० हजार जति जागिर खुल्यो त्यसैले जय जयकार गर्ने हो सरकारलाई । हो भने गर्नुहोस ।
कसैले त यति सम्म लेखे महरालाई पक्रेर सरकारले ठूलो काम गर्यो रे । आलमलाइ थुनेर ठूलो काम गर्यो । संसारमा कुन सरकार छ जहाँ बलात्कारी र ज्यानमारालाई फूलमाला चढाइन्छ । यि कानून बमोजिम हुने काम हुन् । केही सरकार सहयोगी भएको होला प्रशंसा किन चाहियो ?

२ लाख नयाँ रोजगारी सृजना गर्यो भने प्रसंशा हुनै पर्छ। सीमानामा तारबार लगाएर उद्योग खोल्दै देशलाई आत्म निर्भर बनायो प्रसंशा हुनुपर्छ । नयाँ जैविक प्रविधी पत्ता लगाएर अरबौको अन्न निर्यात गर्न सकेमा सवै पत्रिकाले पत्रकारले प्रशंसा गर्न थाल्दछन् । तर ढिकुटी बाट पैसा बाड्ने कुरामा, २ वटा रेल मन्द्रासमा मर्मत गर्ने कामकालागि फुलाउने काम नगरौ ।

व्यक्तिको प्रशंसा गर्न पाईन्छ , अहाे  दौरा कति सफा कोट कति सुहाएको , बुलाकी कति टपक्क आदिआदि ।

किनकी व्यक्ति कसैको नजिक टाढा हुन सक्छ तर पद र काम सार्वजनिक सम्पत्ति हो तथ्यसापेक्ष हुनु पर्छ ।

सम्बन्धित समाचार