बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अन्तर्राष्ट्रिय

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते

०५-माघ-२०७६ | ०३:४९:०८ pm

एजेन्सी-लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् ।

सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सवैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन् ।

रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन् ।

आन्दोलन दबाउनका लागि प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेको थियो ।

सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए । दुवै पक्षका बीचमा झडप हुदाँ उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन् ।

वर्तमान सरकार हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक सेवा प्रभावकारी गराउनलगायतका माग गर्दै लेबनानमा केही समयदेखि आन्दोलन हुदै आएको छ ।

सम्बन्धित समाचार