बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

बच्चा नजन्मेर अर्थतन्त्र शखाप

०५-माघ-२०७६ | ०२:५२:५६ pm

 

 

एक मात्र बच्चा जन्माउने नीति परिवर्तन भएपनि चीनमा जनंसंख्या बढ्न सकेको छैन । बच्चाहरु निरन्तर रुपमा कम हुदै गर्दा त्यहाँको अर्थतन्त्रमा गिरावट हुँदै गएको छ । कम जनसंख्यको असर पुर्ण रुपमा त्यहाँको अर्थतन्त्रमा परेको देखिएको छ । चीनमा २०१९मा १०.४८ प्रति एकहजार जनसंख्या थपिएको छ ।

२०१९ मा चीनमा १ करोड ४६ लाख ५० हजार बच्चाको जन्म भयो जुन २०१८ को तुलनामा ५ लाख ८० हजार कम हो । जन्मदरको कमी आन्तरिक उपभोग दर कम हुन्छ र हरेक तिरको असर पर्न थाल्दछ ।

जन्मदर पनि घट्यो र मृत्यु दर पनि घटेकोले २०१८ मा १ अर्ब ३९ करोडको जनसंख्या १ अर्ब ४० करोडमा पुगेको छ । जन्मदर घट्दा पनि जनसंख्या बढ्नुको कारण घट्दो मृत्यु दर हो ।

चीनको जन्मदर वास्तवमा अमेरिकाको भन्दा पनि कम भएको छ । किनकी २०१७मा अमेरिकामा प्रतिहजार १२ बच्चा जन्मेका थिए ।
जापान भन्दा चीनको अवस्था केही राम्रो छ किनकी चीनमा जन्मदर प्रतिहजार ८ मात्र छ । बेलायतमा ११.६ र स्कटलेण्डमा मात्र ९ प्रतिहजार बच्चा जन्मिएका छन् ।

१९७९ मा चीनले मात्र एक बच्चा जन्माउन पाउने नियम बनाएको थियो । एकभन्दा बढी पाउनेलाई सरकारी सुविधा नदिने आदि नियम बनाइयो यसले गर्दा एबोर्सन बढ्यो र अहिले २०१९को अनुमानमा त्यहाँ महिला भन्दा ३ करोड बढी पुरुष बढेका छन् । यसले कालान्तारमा जोडि समस्या आउने देखिन्छ ।

सन् २०१५ मा एक बच्चा नीति खारेज गरेर एक दम्पितीले २ बच्चा पाउने नियम बनाइयो । त्यसपछि २ बर्ष जनसंख्या बढ्यो तर अहिले अवस्था उस्तै छ । सरकारले बच्चा जन्माउनेलाई धेरै सुविधा दिएपनि जन्म दर घट्दैछ ।

सम्बन्धित समाचार