बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अर्थ वाणिज्य

बङ्गुरपालनमै बढी आम्दानी : दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल

०५-माघ-२०७६ | ०२:५२:१५ pm

पाल्पा-मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन ।

स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो ।

पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल हुनुभयो ।

वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ ।

बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन । दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेच्नुभयो ।

बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोवार हुन्छ । पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ । मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ ।

अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन् । बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ ।

बङ्गुरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउनुहुन्छ । बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न । मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ ।

दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोवार गर्नुभयो । काम्मुले मासुबाट मात्र रु नौ लाख ८३ हजार ४०० आम्दानी गर्न सफल हुनुभएको हो ।

विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा ७० वटा बङ्गुरका भाले पोथी छन् । एक कोठामा एक बङ्गुर राखिएको छ । बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ ।

अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ । दुई खोरको बीचमा एउटा माछापोखरी छ । पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म । माछापालन व्यवसायबाट पनि रु दुई–तीन लाख सहज रुपमा आम्दानी हुन्छ ।

स्थानीय कुखुरापालन व्यवसायबाट रु एक–दुई लाख हाता पर्छ नै । काम्मुले १८ वटा बङ्गुरका पाठापाठी सङ्कलन गरी व्यवसाय शुरुआत गर्नुभयो । उहाँको फार्म अहिले ७० वटा बङ्गुरका भालेपोथी छन् जसमध्ये ३० बङ्गुरका पोथीले बच्चा पाउँछन् ।

स्थानीयस्तरमा प्रतिकिलो रु २४० मा मासु खपत हुन्छ । यहाँ उत्पादित बङ्गुर किन्नका लागि तानसेन, बुटबल, पोखरालगायत स्थानका मानिस घरमा आउँछन् ।

छ महिनामा बङ्गुर सुत्केरी हुने गर्छ । औसतमा एउटा बङ्गुरका माउले दशवटा बच्चा जन्माउँछ । बङ्गुरका बच्चालाई एक महिनामा आमादेखि छुटाउनुपर्ने सञ्चालक काम्मुको भनाइ छ ।

प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले काम्मुको फार्म पुग्दा निकै हौसिनुभयो । एउटा महिलाले दुईवटा खोरमा बङ्गुरपालन प्रतिको मोह र यस व्यवसायमा देखाएको मिहिनेत सबैले सिक्नुपर्ने बताउनुभयो ।

नेपालमा बङ्गुरपालन व्यवसायप्रति युवापुस्ताको आकर्षण हुनुपर्ने उहाँले बताउनुभयो । नेपालमा बङ्गुरको मासु ठूलो मात्रा खपत हुँदै आएको र यस व्यवसायको राम्रो सम्भावनासमेत रहेको पौडेलको दाबी छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आव २०७५-७६ सालको कृषि अनुदान कोषको रु १० लाख आर्थिक सहयोग र रु १५ लाख काम्मु लगानीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाको समन्वयमा स्थापित बङ्गुर फार्म हो ।

नेपाली बङ्गुरको मासु चीनले आर्यात गर्ने भनेपछि बङ्गुरपालन पेशाप्रति युवाको आकर्षण बढ्दो छ ।

“नेपाली भूमिमा पसिना बगाउन तयार हुँदा स्वदेशमा नै प्रशस्त पैसा कमाउन सकिँदो रहेछ”, काम्मुले भन्नुभयो, “सफलतामा चुम्नका लागि नियमित रुपमा मिहिनेत गर्ने बानी हुनुपर्छ, काम गर्न लजाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

मिहिनेतले काम्मुद्वारा सञ्चालित काम्मु बङ्गुर तथा कृषि फार्म अहिले सबैको आकर्षक केन्द्र बन्दै गएको छ ।”

सम्बन्धित समाचार