बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

बलिउड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा परी गम्भीर घाइते

०४-माघ-२०७६ | ०९:३६:३३ pm

नयाँ दिल्ली (एजेन्सी) । बलिउड की चर्चित अभिनेत्री तथा गीतकार जाबेद अख्तरकी श्रीमती शबाना आजमी शनिबार कार दुर्घटनामा परेकी छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बईबाट पुणे जानेक्रममा उनको कारलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको कारणले भएको सडक दुर्घटनामा परी आजमी गम्भीर घाइते भएकी छन्। उनी बेहोस रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हाल उनलाई उपचारका लागि एमजीएम अस्पताल पनवेलमा भर्ना गरिएको छ । उनको नाकमा निकै चोट लागेको र अवस्था स्थिर रहेको बताइएको छ।

समाचारअनुसार दुर्घटना हुँदा उनका श्रीमान जावेद अख्तर पनि साथमै थिए। र उनी भने सकुशल रहेको बताइको छ।

यसैबीच आजमी दुर्घटनामा परेपछि लता मंगेसकर लगायतका बलिउड सेलिब्रेटी र उनका प्रशंसकहरुले उनको छिटो स्वास्थ्य अवस्थामा सुधारका लागि प्रार्थना गरेका छन्।

सम्बन्धित समाचार