बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

एमसिसी स्वीकार गर्न कमल थापाको आग्रह

०४-माघ-२०७६ | ०५:३४:२५ pm

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको बताएका छन् ।

उनले अमेरिकाले नेपालकै आग्रहअनुसार एमसिसी परियोजनमार्फत पाँच वर्षभित्र खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि दिएको बताए ।

पार्टीको भ्रातृ संगठन युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय श्रमिक भेलाको उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् ।
साथै उनले एमसीसी सम्झौता सदनबाट पास गरेसँगै नेपालमा अमेरिकी सैनिक तैनाथ हुने भन्ने कुरा अपरिपक्वता भएको उनले बताए ।
साथै उनले एमसीसी र इण्डोप्यासिफिकलाई एउटै टेबलमा राखेर हेर्न नहुने धारणा बतउँदै यसलाई अरुण तेस्रोजस्तो धरापमा नपार्न आग्रग गरे ।

साथै, उनले सरकारको अलोचना पनि गरे । उनले वर्तमान सरकार जनताको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नुको साटो भ्यूटावर निर्माण निर्माणमा केन्द्रित भएको बतए ।

सम्बन्धित समाचार