बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

कमन चार्जर उत्पादन गर्नुपर्ने युरोपेली युनियनको निष्कर्ष

०४-माघ-२०७६ | ०१:४६:३६ pm

काठमाडौं । युरोपेली युनियनले सबै मोबाइलमा फिट हुने गरी कमन चार्जरको उत्पादन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
युरोपेली युनियनको सदनमा यस विषयमा व्यापक छलफल भएको छ ।

सदनमा मोबाइलमात्र नभई ट्याव्लेट, ई–रिडर र डिजिटल क्यामेरामा पनि फिट हुने किसिमको ‘कमन चार्जर’ बनाउनेबारे छलफल भएको हो ।

सांसदहरूले कम्तीमा युरोपमै मात्र भए पनि उत्पादकहरुले ‘कमन चार्जर’ उपलब्ध गराउनुपर्ने धारणा राखेका छन् । उनीहरुले विद्युतीय सामग्रीजन्य फोहरको उत्पादन कम गर्ने उद्देश्यअनुरुप अघि बढाइएको बताएका छन् ।

सांसद्हरुले चार्जलाई समुद्रमा फ्याँक्नु परेको बताएका छन् । जसले फोहोर बढ्दै गएको बताएका छन् । त्यस्तै उनीहरुले प्राकृतिक स्रोतको दोहन पनि बढ्दै गएको बताएका छन् ।

सांसदहरूले कमन चार्जरको व्यवस्था भएमा उपभोक्तालाई मोबाइल किन्दा सस्तोसमेत हुने बताएका छन् ।साथै, उनीहरूले ‘कमन चार्जर’ बनाउँदा प्राप्त हुने फाइदाको फेहरिस्त नै प्रस्तुत गरेका छन् ।

युरोपेली सदनले यसबारे ठोस निर्णय लिनुअघि यससम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने एजेन्सीहरूले जनाएका छन्। मोबाइल उत्पादकहरूले भने यस विषयमा आफुहरू पनि पर्याप्त गम्भीर रहेको भन्दै ‘वायरलेस चार्जर’को प्रयोग बढाउन लागेको बताएका छन् ।

सम्बन्धित समाचार