बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

चर्चित गायिका नेहा र आदित्य बीच विवहा गर्न दुबैका आमाबुवा राजी ! कहिले हुँदैछ त विवाह ?

०३-माघ-२०७६ | ०४:०९:५३ pm

मुम्बइ। ​सर्वाधिक चर्चामा रहेको भारतीय टीभी च्यानल सोनीमा आउने संगितमय रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा कार्यक्रमका जज गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह निश्चित भएको छ। आदित्य नेपाली गायक उदितनारायण र दीपा झाका एकमात्र छोरा हुन्।

इन्डियन आइडलको पहिलो एपिसोड छायांकनका क्रममा दुवैका आमा निति कक्कर र बुवा ऋषिकेस कक्कर पनि सेटमा पुगेर दुवैको विवाह हुने कु्रा पक्का पक्की गरेका हुन्। दुवैका आमाबुवा सोमा विशेष अतिथिका रूपमा पुगेका थिए। सोमा एक्कासी आफ्नी आमालाई देखेर नेहा छक्क परिन् भने आदित्य खुसी हुँदै नाच्न थाले।

आमा निति कक्कर लाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ रु ’ उत्तर दिँदै आमा नितिले भनिन्, ‘हामी दुबै परिवारले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा आदित्य राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा दीपा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका आदित्यका बुवा नेपाली गायक उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका अरु दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’नेहा र आदित्यको विवाह को कार्ड पनि सामाजिक संजालहरुमा व्यापक भाइरल भईरहेको छ भने अर्को तिर दुबैको विवाह साँच्चै हुन्छ या यो केवल शोलाई लोकप्रिय बनाउने चाल अर्थात एकछिनको रमाइलोको लागि रिल लाइफ ड्रामा मात्रै हो, यो भने आउने केहि समयले नै बताउने छ।

सम्बन्धित समाचार