बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

प्रियंकाको बैंककमा भएको ब्याचलर पार्टीमा गरिएको मस्तिले कलिउडमा उधुम मचायो

०३-माघ-२०७६ | १२:३६:५६ pm

काठमाडौं:हिजोआज बिहे हुनु भन्दा अगाडि परम्परागत संस्कार भन्दा फरक ब्याचलर पार्टीको आयोजना गर्ने चलन देखा परेको छ । बैबाहिक जीवनमा बाँधिन तय भईसकेका विशेषगरि, सम्भ्रान्त एवम पश्चिमा रहन सहन रुचाउने परिवारका यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् । यस अघि नायिका ऋचा शर्माको ब्याचलर पार्टीको बारेमा पनि सर्वाधिक चर्चा भएको थियो ।

अब आएर नेपाली फिल्म संसारमा पछिल्लो लोकप्रीयता हासिल गर्न सफल नायिका प्रियंका कार्की पनि आफनो विहे निश्चित भएपछि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्डको राजधानी बैंकक उडेकी छिन् । आफ्ना केही साथीहरुको साथमा प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकी हुन् ।

प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनीहरु मस्ती मुडमा देखिएका छन् । प्रियंकासंग मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ । नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय भैसक्दा पनि बिहे नभएपछि प्रियंका र आयुष्मानको बिषयमा चर्चा निकै चलिरहेको छ । कतै, उनीहरुको बिहे नै हुँदैन कि भन्ने प्रश्नहरु पनि चलचित्र बजारमा चलिरहेका थिए ।

थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ ?, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन् ।
उता प्रियंका आफ्नो ‘गर्ल ग्याङ्ग’ सँग ब्याचलरट पार्टीमा रमाइरहेका बेला उनका प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी भने प्रियंकासँगको फोटो

पोष्ट गरेर ‘मिस यु’ भनिरहेका छन् ।


प्रियंका र आयुष्मानले गत असार २८ गते आफन्त र केहि निकटस्थहरुको सहभागितामा इन्गेजमेन्ट सम्पन्न गरेका थिए । उनीहरुले आफ्नो डेढ वर्षको प्रेम सम्बन्धलाई इन्गेजमेन्ट गरेर आधिकारिक रुप दिएका थिए । यद्यपि, उनीहरुको विवाहको मिती भने सार्वजनिक भएको छैन ।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यसैविच, उनी ब्याचलर पार्टी भन्दै साथीहरुको साथमा थाइल्याण्ड उडेपछि आयुष्मान र उनको बिहे फागुणमा हुन लागेको चर्चा समेत चलेको छ ।

सम्बन्धित समाचार