सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
बाँकेमा गाडी दुर्घटना : ११काे मृत्यु २२ घाइते   * असार १ गतेबाट पठनपाठन सुरु गराउन शिक्षा मन्त्रालयकाे आह्वान   * गुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी   * गुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी   * मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु   * सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु   * जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ   * नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे   * अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु   * प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि   *
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
कर्णाली प्रदेश

राष्ट्रियसभाका मतपत्र सम्बन्धित क्षेत्रमा पुगे

०२-माघ-२०७६ | ०६:४३:३० pm

काठमाडौं । माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र सम्बन्धित क्षेत्रमा पुर्‍याउने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको जावलाखेल, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेका निर्वाचन अधिकृतका कार्यालयसम्म मिति बुधबार नै मतपत्र ढुवानी भइसकेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा सदस्यले मतदान गर्ने सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा स्थानीय तहका सदस्यले मतदान गर्ने सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाइ गरी राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने समूह र मतदाता संख्याको आधारमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।

प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चारजना, प्रदेश ३ मा महिला र अन्य समूह गरी जम्मा दुई जना, गण्डकी प्रदेशमा महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीनजना, कर्णाली प्रदेशमा महिला र अन्य समूह गरी दुईजना र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई जना गरी जम्मा १८ जना राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुदैछ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ५५० जना र स्थानीय तहका सदस्य १,५०६ जना गरी जम्मा २,०५६ जना मतदाता रहेका छन् । जसमध्ये प्रदेश १ मा ३६७ जना, प्रदेश २ मा ३७९ जना, प्रदेश ३ मा ३४८ जना, गण्डकी प्रदेशमा २३० जना, प्रदेश ५ मा ३०५ जना, प्रदेश ६ मा १९८ जना र सुदूरपश्चिम प्रदेशमा २२९ जना मतदाता छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: