बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   * मेट्रो रेल निर्माणको डीपीआर तयार गर्न सम्झौता   * आज राष्ट्रिय सभा चुनाव हुँदै, यसरी मिलाइएको छ, मतदान गर्ने व्यवस्था   * प्रदेश सांसद् मनांगेविरुद्ध जाहरी   * डेमोक्रेसी इन्डेक्समा नेपाल ९२औँ स्थानमा   * बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

अहिलेको गत्यावरोधको बाधक तुम्बाहाङ्फे: गजुरेल

०२-माघ-२०७६ | ०६:२१:५५ pm

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’

साक्षात्कारमा बोल्दै नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो ।

जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’

उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन् । अहिले बहसपनि छ ।

निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ ।

मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’

उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो ।

उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहाँले मार्गप्रशस्त गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’

सम्बन्धित समाचार