बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

कांग्रेसकाे पालामा नियुक्त भएको भन्ने बाहेक अरु गल्ती नभेटेपछि डेपुटि गर्वनर श्रेष्ठ पुनर्वहाली हुँदै

०२-माघ-२०७६ | ०६:१६:५३ pm

 

दुई महिनाभन्दा बढी समय निलम्बननमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनर्बहाली हुने भएका छन् ।
नेपाल सरकारको निर्देशनमा श्रेष्ठमाथी छानविन थालिएको थियो । तर छाननिव समितिले बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको प्रतिवेदन दिएपछि सरकारले पुनर्बहाली गर्न थालेको हो ।
उनको छानविन गरेर आब्रो तोड्न बनेको समितिले केही दोष नदेखे पछि सरकारले अव उनलाई हटाउन नमिल्ने ठहर गरेको बुझिएको छ ।

श्रेष्ठमाथी आर्थिक अनिमितता गरेको, एनसेल र अजयराज सुमार्गीसँग मिलेमतो गरेको आरोप लागेको थियो । आरोप लागेपछि उनी १८ कार्तिकदेखि निलम्बनमा थिए । छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद बैठकले पुनर्बहाली गरेको हो । श्रेष्ठले सफाई पाएको नेपाल सरकारका प्रवक्ताले बताएका छन् ।

बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएपछि सफाई दिएको बताएका छन् । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउदै अर्थमन्त्रालयले छानविन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयको पत्राचारपछि श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका थिए । उनी गर्वनरका सवै भन्दा सक्षमपात्र पनि हुन् । यदि देशलाई सक्षम मानिस चाहिने भए ।

सम्बन्धित समाचार