शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   * मेरो छिटै मृगौला प्रत्यारोपण हुँदैछः प्रधानमन्त्री   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

अपराधको नयाँ शैली ‘हनी ट्रयाप’

२५-पौष-२०७६ | ०७:४०:२४ am

काठमाडौं – अपराधको नयाँ शैली ‘हनी ट्रयाप’ले हाइप्रोफाइललाई मात्रै फन्दामा पारेको छैन, हनी ट्रयापमा प्रयोग हुने युवतीहरु स्वयंमको सुरक्षा पनि चुनौतिपूर्ण बनेको छ।

प्रेमिका मात्रै होइन, सपनाकी राजकुमारी खोज्ने र सुन्दरीसँग विवाह गर्ने आकांक्षाका कारण पनि हनी ट्रयाप सुन्दरीका सिकार भएका घटना प्रहरीमा भेटिन्छन्।

शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरुले पुरुषलाई फसाउने कला हो हनी ट्रयाप। जसरी झिँगा महको लोभमा मह खाएर उड्न खोज्छ, तर उड्न नसकेर ट्रयापमा पर्छ त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ।

सुन्दरीसँग विवाह गर्ने सपनाले गोरखाका मनोजले ९ लाख गुमाए भने पैसावाल फसाउने हनी ट्रयाप सुन्दरीको जालमा परेपछि सिन्धुलीका रोशनकुमार पछिल्लो दुई महिनादेखि लुकेर बस्न विवश हुनु परेको छ।

झण्डै डेढ वर्षअघि ६० वर्षका निराजन (नाम परिवर्तन)सँग एक २२ ,२३ वर्षीया कलेज गर्ल ठोक्किइन्। आकर्षक जीउडाल भएकी युवती आफूसँग ठोक्किएपछि महिलाप्रति बढी नै आशक्त निराजन नलोभिने कुरै थिएन भन्ने खबर कान्तिपुर साप्ताहिकमा छ।

केही समय उनीहरु सुटुक्क क्याफेहरुमा डेट गरे। एक दिन युवतीलाई लिएर शारीरिक सम्बन्धका लालसाले निराजन घर गए। घरमा पुगेपछि दुबै लुगा खोलेर शारीरिक सम्बन्धको लागि तयार हुँदै थिए।

चार पाँच जना युवाको समूले ती युवतीसँगै निराजनको नग्न फोटो खिच्यो। यसले उनको शारीरिक सम्बन्धको लालसामा पानी मात्रै खन्याएन, अर्को ठूलो तनाव सिर्जना गर्यो। त्यसपछि बार्गेनिङ सुरु भयो। केही समय निराजनले उनीहरुले मागेजति पैसा दिए। तर, झन् पछि झन् ठूलो डिमान्ड गर्न थालेपछि गुपचुप रुपमा यो केस हल नगरी उनलाई सुखै थिएन।

हाइ प्रोफाइल निराजनको यो केस प्रहरीले समाधान गर्यो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘केटाहरुलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउने, केटाहरुलाई अँगालो हाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप गर्छन् र अन्त्यमा उनीहरुलाई पैसाका लागि ब्ल्याकमेल गर्छन्।

सम्बन्धित समाचार