शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
पत्रपत्रिका खवर

इरानले मिसाइल आक्रमण गर्दा नेपाली रातभर बंकरमै

२४-पौष-२०७६ | ०७:१२:०५ am

काठमाडौं – इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दैछ भन्ने हल्ला फैलिसकेको थियो ।

सेनाले तुरुन्तै आपतकालिन घण्टी बजाएपछि झापाका राकेश खत्रीसहित ९ जनाको टोली जमिनमुनीको बंकरमा गएर बसे । आपतकालिन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भन्ने बेसक्याम्पले पहिले नै सिकाएको थियो ।

बेसक्याम्पमा फैलिएको हल्ला बुधबार विहान स्थानीय समयअनुसार १ः४५ मा सही निस्क्यो। इरानबाट लगातार आएको मिसाइल बेसक्याम्प भित्रै ठूलो आवाजले झर्न थाल्यो। २ः४५ मा बल्ल रोकियो। ‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज यसअघि इराकमा कहिल्यै सुनेको थिइँन,’क्षत्रीले फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैंले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए भन्ने खबर कान्तिपुर दैनिकमा छ।

इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे।

सम्बन्धित समाचार