बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

शिक्षा आयोगका उपाध्यक्षले दुर्गाप्रसाईसंग २० करोड घुस मागे कारोबार कहिले

२३-पौष-२०७६ | ०२:४०:१८ pm

नेपालमा घुस माग्ने र दिने काम सामान्य जस्तो भएको छ ।

बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका छन् ।

प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीलाई सम्बन्धन दिन यति ठूलो रकम मागेको दाबी गरेका हुन् ।

उनकाअनुसार मंसिर १५ मा द्धारिका होटलमा उपाध्यक्ष गिरीलाई भेटेका थिए । ‘ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’ उनले भने, ‘मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०।२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’

त्यसपछि गिरीले ‘मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस्’ भनेको प्रसाईंले सुनाए ।

घुस मागेको प्रमाण छ भन्ने प्रश्नमा उनले भने, ‘मैले रेकर्ड गरिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?’

प्रसाईंकाअनुसार गिरीले घुस मागेको विषयमा उनले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरुलाई जानकारी गराएका थिए । ‘मैले भोलिपल्टै गएर भनेको थिएँ, तपाईहरु सम्झाउनुस् । निवेदन लिन बोलाउनु भयो भने यो कुरा छाडौं’ उनले भने ।

बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने प्रसाईंको माग छ ।

सम्बन्धित समाचार