बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

ओखलढुंगामा मोटरसाइकल दुर्घटना

२२-पौष-२०७६ | ०२:५०:१२ pm

 

काठमाडौं । सुनकोसी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा.६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् ।

बल्खुबाट सिस्नेरी घरतर्फ फर्कँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार