बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश

अब क्यान्सरको उपचारका लागी विदेश जानुनपर्ने

१७-पौष-२०७६ | ०८:१९:१४ am

झापाको विर्तामोडमा हिजोबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । रु चार अर्बको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो ।

कूल ३०० श्ययाको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुरु गरेको हो ।

पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्यसहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसाईले बताए । अस्पताल उद्घाटन कार्यक्रममा सञ्चालक प्रसाईले भने, “अब क्यान्सरको उपचारका लागि नेपाली विदेश जानुपर्दैन । अत्याधुनिक उपकरणसहित नेपालमै पहिलो पटक क्यान्सरको उपचारका लागि चाहिने उपकरणसहित अस्पतालले सेवा शुरु गरेको छ ।”

विशिष्ठकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले बताए । उनले भने, “मैले लामो समयसम्म भारतको मेदान्ता अस्पतालमा काम गर्दा त्यहाँ धेरै क्यान्सरका नेपाली बिरामी भेटे, उनीहरु सबै नेपालमा क्यान्सरको राम्रो उपचार नभएका कारण भारत पुगेका हुन् । तर, अव क्यान्सरको उपचारका लागि कोही पनि भारत जानुपर्दैन सबै प्रकारको उपचार यही हुन्छ ।”

अस्पतालले रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार गर्ने बताइएको छ । डा निराजन पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सम्बन्धित समाचार