बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अन्तर्राष्ट्रिय

भारती सिंहलाई कपिल शर्मा शोबाट हटाउन माग गर्दै भारतमा उत्रिए हजारौं

१६-पौष-२०७६ | १०:३३:१७ am

मुम्बइ। पंजाब राज्य पुलिसले तिन दिन पहिले हिन्दी चलचित्र अभिनेत्री रविना टंडन, निर्देशक फराह खान र कमेडियन भारती सिंहविरुद्ध एक समुदायको धार्मिक भावनामा आघात पुर्‍ याएको अभियोगमा अदालतमा केस दर्ता गरेको थियो । अब भारतीलाई कमेडियन रियालिटी शो द कपिल शर्मा शोबाट हटाउन माग गरिएको याचिका सामाजिक संजालमा व्यापक भाइरल भइरहेको छ ।

तीनैजनाविरुद्ध अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्यक्ष सोनू जफरले उजुरी दर्ता गराएका हुन् । उनले भारतीमाथि क्रिस्चियनहरुको धार्मिक भावना आहत गरेको आरोप लगाएका छन् । यसको साथमा उनले फराह खानको शो ब्याक बेन्चरको त्यो एपिसोडको फुटेज पनि उजुरीसंगै बुझाएका छन् । उजुरीमा फराह, रविना र भारतीले मिलेर आफ्नो टिभी शोमा ‘हल्लेलुजाह’ शब्दको मजाक उडाएको आरोप लगाइएको छ ।

उजुरीमा लेखिएको छ कि जतिखेर सारा विश्व डिसेम्वरमा धुमधामसंग क्रिसमस मनाईरहेका थिए त्यति नै बेला तीन बलिवुड अभिनेत्रीहरु भने ‘हल्लेलुजाह’ (परमेश्वरलाई सम्झनु वा खुशी जाहेर गर्नु ) शव्दको बैक बेंचर नामक शोमा मजाक उडाउने काम गरे । म तपाईसंग निवेदन गर्दछु कि यहाँले यो उजुरी पत्रमा दस्तखत गर्नु हुनेछ जसले गर्दा धर्मलाई मजाक गर्ने काम बन्द होस ।

अब चेन्ज डट ओआरजी वेभमा एउटा याचिका भाइरल भइरहेको छ जसमा भारतीलाई द कपिल शर्मा शोबाट निकाल्न माग गरिएको छ । एन्ड्रु डेभिड नामका व्यक्तिले यो पेटिशन सुरु गरेका हुन् । यसमा अहिलेसम्म ७ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । यो पेटिशनमा कूल ७५०० हस्ताक्षरको माग गरिएको छ । रविना टंडन र फराह खानले यस विषयमा माफी मागिसकेका छन् ।

सम्बन्धित समाचार