बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
मनोरञ्जन

तिम्ले माया मारेछौ भन्देखी भन्ने छैन उर्लेकाे गण्डकी

१४-पौष-२०७६ | ०६:१८:४६ pm

डिभोर्स भएपछि पनि रामकृष्ण र नीलम छोरी सहित एकै ठाउँमा देखिएका छन र वास्तवमा छन् पनि । यसको अर्थ उनीहरु कानूनी रुपमा अलग भएपनि पारमार्थिक हिन्दु परंपरा अनुसार श्रीमान् श्रीमति हुन् । हिन्दु धर्मले सिंदुर प्रमुख मान्छ र कानूनले कागज हेर्ने हो । तसर्थ कानून बमोजिम उनीहरु लोग्ने स्वास्नी होइनन् । तर यो कुरा पृथ्वीमा खोज्नेले मात्र भेट्ने हो उनीहरु अलग भएको भगवानको दरबारमा कहि कतै अभिलेख हुँदैन ।
लोग्ने स्वास्नी भनेको नितान्त मनको संझौता हो । कानून भनेको अधिकार स्थापित गर्नका लागि हो । त्यसैले आजको मितिमा ढकाल र नीलिमा संझौता र सिन्दुरको आधारमा श्रीमान् श्रीमति हुन् भने कानूनी रुपमा होइनन् ।

काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध बिच्छेदको भएकै थियो । पत्नी निलम शाह ढकालसँग उनले ९ पुसमा १७ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेका थिए । तर उनको अदालती सम्बन्ध बिच्छेद एक नाटक मात्र भएको प्रमाणित भएको छ ।

सम्बन्ध बिच्छेदपछि निलमले न घर छोडेकी छन् न त बेड । पति पत्नीकै रुपमा पहिलेजस्तै बसिरहेका छन् । तर किन सम्बन्ध बिच्छेदको नाटक रु यतिबेला उनको फेरी आलोचना शुरु भएको छ । कतिपयले ऋण ठगी गर्न रामकृष्णले यो नाटक गरेको भन्न थालेका छन् । अदालतको सम्बन्ध बिच्छेदमा पनि पत्नी निलमले कुनै सम्पति नलिने आदेश भएको छ ।

रामकृष्णको झण्डै सहकारी र बैंकमा गरी ५ करोड ऋण भएको दावी गरिदै आएको छ । आफ्नो सम्पति र आम्दानी पत्नीलाई दिने तर पत्नीसँग सम्बन्ध बिच्छेद गर्दा उनी कानुनीरुपमा बच्न सक्ने उपाय खोजेको भन्ने आरोप लाग्न थालेको छ ।

रामकृष्ण र निलम अलग भएका छैनन् । उनीहरु लगत नभएको प्रमाण शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा देखिएको थियो । सोल्टीमा ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रम थियो । कार्यक्रममा रामकृष्ण र निलम छोरीसँगै उपस्थित भएका थिए ।

कार्यक्रम अवधीभर उनीहरुको सामिप्यता र हाउभाउ सम्बन्ध बिच्छेद जस्तो थिएन । पति पत्नी जस्तै थियो । यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो । अदालतबाट सम्बन्ध बिच्छेद भएकै दिन रामकृष्णले आफुहरु अलग नभएको सामाजिक सञ्जालबाट जानकारी पनि गराएका थिए ।
जे सुकै होस यो उनीहरुको घरको मामिला हो ।

सम्बन्धित समाचार