बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
मनोरञ्जन

नेपाली संगित प्रेमीलाई मन्त्रमुग्ध पार्दै आशा भोस्ले ….साथ दिने रामकृष्ण ढकाल

१३-पौष-२०७६ | १२:५३:३६ pm

काठमाडौं । हिन्दी फिल्म संगित क्षेत्रका प्रसिद्ध गायिका आशा भोस्लेले काठमाडौंको क्राउन प्लाजा सोल्टी होटलमा नेपाली दर्शकहरुलाई मन्त्रमुग्ध बनाउन सफल भएकी छन् । ८० बसन्त पार गरी सकेर पनि सुमधुर स्वरका धनी गायिका भोस्लेको सुरिलो कण्ठवाट निस्केको आवाजले नेपाली संगीत प्रेमीलाई निकैबरे मोहित तुल्याइ निकै बेर सम्म झुमाइरहन लगाएको थियो ।

साङ्गीतिक कार्यक्रममा भएको सोल्टी होटलको सभा हलमा संगीतप्रेमी नेपाली र भारतीय दर्शकहरु खचाखच भरिएका थिए । हलमा सजाएको कुर्सीले नपुगेपछि केही दर्शकहरु पछाडि उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।

साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिएकी छन्। ।

किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गर्नुभयो । मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए ।

करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक सिठी र तालीको गडगडाहट लगातार बर्सियो । दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित भइन्। उनले ‘दम मारो दम” भन्ने बोल हरे कृष्ण हरे राम फिल्मको हिन्दी गीत पनि गाएकी थिइन्। भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन् । उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिन्थे। उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन् ।

सम्बन्धित समाचार