बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
मनोरञ्जन

मिस मंगोलको ताज पहिरिन ताप्लेजुङकी सिभिराले

१२-पौष-२०७६ | १२:१५:२६ pm

काठमाडौं । काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहीबार साँझ भएको मिस मंगोल नेपाल २०१९ प्रतियोगिताको फिनाले राउण्डमा ताप्लेजुङकी २५ बर्षिया सिभिरा लामाले ताज पहिरेकी छन् । रिडि ग्रुप लिमिटेडको प्रमुख प्रयोजनमा भएको यस प्रतियोगितामा छिमेकि भारतको राजधानी नयाँ दिल्लीमा हालै चार्टड एकाउण्ट सिए गरेकी सिभिराले यस बर्षको मिस मंगोलको उपाधि हासिल गरे संगै उनलाई पछयाउदै रोल्पाकी २२ बिर्षिया रेनुका पुन पहिलो रनरअप भइन भने काठमाडौंकी १९ बर्षिया यजु कर्माचार्यले दोस्रो रनरअपको ताजमा सन्तुष्ट भईन ।

सिभिराले शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् ।
प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअप सहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन् । स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।

यसैगरी तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेट ३, गोरखाकी पुजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी रेनुका पुन स्टेट ५ घोसित भए ।

प्रतियोगितामा नेपाली सेनाका पुर्वउपरथी होमकुमार लाओती प्रतियोगितामा सहभागीलाई छनौट गर्ने प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य माधव प्रधान, मिस मंगोल नेपाल २०१५ डा। निमा पुन रहेका थिए ।

सम्बन्धित समाचार