बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
समाचार

विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

२७-मंसिर-२०७६ | ०६:४३:०८ pm

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

पक्राउ परेका पराजुली विप्लव समूहका स्याङ्जा जिल्ला इन्चार्ज भएको उनले बताए। पक्राउ परेका क्षेत्री भने विप्लव समूहका कार्यकर्ता मात्र भएको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार