बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   * मेट्रो रेल निर्माणको डीपीआर तयार गर्न सम्झौता   * आज राष्ट्रिय सभा चुनाव हुँदै, यसरी मिलाइएको छ, मतदान गर्ने व्यवस्था   * प्रदेश सांसद् मनांगेविरुद्ध जाहरी   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत

२७-मंसिर-२०७६ | ०६:३२:१२ pm

काठमाडौं । नेपाल आयल निगम प्रदेश २ डीपो प्रमुख प्रदीप यादवले विरगंज ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । गत बुधबार वीरगन्ज बाइपास रोड अन्तर्गत गण्डक चोकमा करिब डेढ मिटर पाइपमा डोजर चलाउँदा धन्नै पेट्रोलियम पाइपलाइन फुटेर विस्फोट हुनबाट जोगिएको उनले बताए । डोजरले पाइपलाइनमा क्षति पुर्‍याए पनि गम्भीर दुर्घटना भने हुन पाएन।

विरगंज बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको छ । डोजरको दाँतले कोतरेको पाइपलाइन तत्काल फेर्नुपर्ने अवस्थामा भने नरहेको यादबले बताएका छन्। डोजर चलाउँदा हेलचेक्र्याई गरेको उनले आरोप लगाएका छन् । पाइपलाइनको सुरक्षार्थ नेपाली सेना खटाइएको अवस्था छ । स‌ंवेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरीटीको गार्डले चौबिसै घण्टा रेखदेख गर्ने गरेको भएपनि यस्तो अवस्था आएकोप्रति उनले आपत्ति जनाए ।

पाइपलाइन रहेको स्थानमा तल खन्दै गएभने पनि तल वार्निंग टेप देखिन्छ । तर पनि डोजर किन चलाइयो भन्नेबारेमा पनि अनुसन्धान गर्नुपर्ने यादबको भनाई छ । पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ । चेतावनीका लागि पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड राखिएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल–भारत पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनबाट भदौ २४ गतेबाट डिजेल ढुवानी सुरु भएको थियो । भारतको मेतीहारीस्थित बरौनी डीपोबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल नेपाल आयल निगमको अम्लेखगञ्ज डीपोले पाइपमार्फत लिन सक्ने गरी पाइपलाइन सञ्चालनमा छ ।
मोतिहारी र अमलेखगन्ज उचाईमा रहेपनि विरगंज भने अलि गहिरो भागमा छ । । पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल मोतिहारीदेखि अम्लेखगन्जसम्म डीपोमा आइरहेको हुन्छ । ‘पाइप फुटेको भए विरगन्जमा लाखौँ लिटर तेल पोखिन्थ्यो र वीरगञ्ज ठूलो भवितव्यमा फस्न सक्ने थियो,’ डीपो प्रमुख यादवले भने । पेट्रोलियम पाइपलाइनको काम नेपालमा नयाँ प्रयोग भएकाले पनि कुनै कारबाही गर्ने कानुन बनिनसकेकोले गल्ति गर्नेलाई सम्झाएर मात्रै पठाएको डिपो प्रमुख यादबले बताए ।

सम्बन्धित समाचार