बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   * मेट्रो रेल निर्माणको डीपीआर तयार गर्न सम्झौता   * आज राष्ट्रिय सभा चुनाव हुँदै, यसरी मिलाइएको छ, मतदान गर्ने व्यवस्था   * प्रदेश सांसद् मनांगेविरुद्ध जाहरी   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था

२७-मंसिर-२०७६ | ०५:३७:१० pm

यसलाई ठूलो इसु नबनाउन सकिन्छ तर हो । भारतमा मन्त्रीकै हैसियत रहेका अजित डोभलले पनि यसरी कर्मचारीलाई प्रत्यक्ष आदेश दिएको देखिदैन । यो अवस्था हेर्दा लाग्छ हाम्रा प्रधानमन्त्री वास्तवमै बिमार हुनु हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार त्रय विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले देशका कर्मचारीहरुलाई निर्देशन दिइ रहेको अवस्था हो ।

‘मिडियाले सूचना माग्दा खै मलाई थाहा भएन भन्ने जवाफ नदिनुहोला, सबै सूचना दिनुहोला’, बिहीबार भएको छलफलमा प्रेस सल्लाहकार थापाले भनेका थिए । उनले आफ्नो मन्त्रालयअन्तर्गतका सबै सूचनामा अपटेड हुन र सोधेका बेला जवाफ दिन आग्रहसमेत गरे ।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रालयका प्रवक्ताबीच यसअघि पनि छलफल हुने गरेको थियो । तापनि सूचना सही ढंगबाट सबैले पाउँदैनथे । सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन पनि सूचना सही रूपमा दिनुपर्ने तर्क प्रमुख सल्लाहकार बिष्णु रिमालले गरेका थिए ।

‘मन्त्रालयले समयमा सही सूचना दिन नसक्दा सरकारले गरेका राम्रा कामको पनि नकारात्मक प्रचार हुने गरेको छ’, प्रमुख सल्लाहकार रिमालले प्रवक्ताहरूसँग भने, ‘यहाँहरूले यसमा ध्यान दिनुपर्यो ।’

तीन सल्लाहकारहरुले मन्त्रालयले गरेका काम हरेक हप्ता सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । यही आग्रहलाई कतिपय पूर्व प्रशासकहरुले अधिनायकबादको संज्ञा पनि दिएका छन् ।

पछिल्लो समय सरकारले गरेका राम्रो कामको पनि नकारात्मक प्रचार हुन थालेको छ । प्रेस सल्लाहकारमा थापा आएपछि उनले सूचना प्रणालीलाई मजबुत बनाउने प्रयास थालेका छन् । सूचना नपाएको गुनासो हट्दै गएको छ । ‘यसलाई थप मजबुत बनाउन प्रवक्ताज्यूहरूसँग छलफल गरेका हौ’, थापाले भने ‘यो निर्देशन होइन । परिचयात्मक छलफल मात्र हो ।’

यो पछिल्लो वाक्य वास्तवमा अचम्मको छ । यसरी सल्लाहाकारहरुले लाइन कर्मचारीलाई निर्देशन दिन मिल्छ वा मिल्दैन सल्लाहाकारको काम प्रमुखलाई सल्लाह दिने हो अरुकर्मचारीलाई प्रमले भन्ने प्रचलन हो । तर सिधै आएर कर्मचारीलाई यसरी निर्देशन दिन नमिल्ने हो । यस्तो भएकै हो भने पनि मिडियामा ल्याउने बिषय होइन । अख्तियार प्रत्यायोजनको सिद्धान्त अनुसार पनि सल्लाहाकार जस्तो स्टाफ कर्मचारीले लाइन प्रमले जस्तो निर्देशन दिदैनन ।

यसलाई ठूलो इसु नबनाउन सकिन्छ तर हो । भारतमा मन्त्रीकै हैसियत रहेका अजित डोभलले पनि यसरी कर्मचारीलाई प्रत्यक्ष आदेश दिएको देखिदैन । यो अवस्था हेर्दा लाग्छ हाम्रा प्रधानमन्त्री वास्तवमै बिमार हुनु हुन्छ ।

सम्बन्धित समाचार