बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   * छाउगोठमा बस्न बाध्य पार्नेलाईं ४५ दिन कैद फैसला   * मेट्रो रेल निर्माणको डीपीआर तयार गर्न सम्झौता   * आज राष्ट्रिय सभा चुनाव हुँदै, यसरी मिलाइएको छ, मतदान गर्ने व्यवस्था   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
Welcome news

कांग्रेसको तेस्रो चरणको जागरण अभियान एक महिना पछि सर्यो

२७-मंसिर-२०७६ | १०:४०:४८ am

काठमाडौं – नेपाली कांग्रेसले ७५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको हिमाल पहाड तराई मधेस जागरण अभियानको मिति एक महिना पछाडि सारेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले अभियानको मिति परिवर्तन गरिएको जानकारी दिए । शर्माका अनुसार अव स्थानीय तह केन्द्रीत प्रशिक्षण माघ १६ गते शहीद दिवसका दिनमा सुरु गरेर माघ २५ गरिनेछ । यसअघि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसबाट सुरु गरेर पुस २५ गतेसम् गर्ने घोषण प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

यसअघि कांग्रेसले दुई चरणको ‘हिपतम’ जागरण अभियान गरिसकेको छ । पहिलो बैशाख २५ गतेबाट जेठ २४ गतेसम्म र दोस्रा भदौ २४ बाट असोज ७ गतेसम्म गरिएको थियो ।

दोस्रो चरणमा ३३० प्रदेशसभामा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग ७ प्रदेश स्तरीय समीक्षा एवं तेस्रो चरण तयारी सम्बन्धी विशेष अन्तरक्रिया गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । विशेष अन्र्तक्रियाको स्थान तोकिएको छ । तर, मिति पुसमा गरि केन्द्रीय कार्यालयले गर्ने प्रवक्ता शर्माले बताए ।

शर्माका अनुसार विशेष अन्र्तक्रिया प्रदेश १ मा सुनसरीको धरानमा, प्रदेश २ मा धनुषाको जनकपुरमा, प्रदेश ३ को चितवनको भरतपुरमा गरिनेछ । गण्डकी प्रदेशको तनहु‘को दमौलीमा, प्रदेश ५ को कपिलवस्तुको तौलिहवामा, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगर गरिने जानकारी शर्माले दिए ।

सम्बन्धित समाचार