बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
प्रजातन्त्रिक देशको सूचकाङ्कमा नेपाल ९२ औँ स्थानमा पुग्दा भारतलाई लाग्यो झड्का   * पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   * नेपाल–चीन सीमा व्यवस्थापन सन्धि संसद्मा दर्ता   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
कर्णाली प्रदेश

परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

२७-मंसिर-२०७६ | ०९:५५:५६ am

डाेल्पा- हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ ।

डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए ।

विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए ।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।

सम्बन्धित समाचार