बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
कोरोना भाइरस नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा डेस्क स्थापना   * प्रजातन्त्रिक देशको सूचकाङ्कमा नेपाल ९२ औँ स्थानमा पुग्दा भारतलाई लाग्यो झड्का   * पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक पुग्दै   * चीनको कोरोना भाइरस प्लेन चढेर अमेरिका पनि पुग्यो   * कांग्रेस विवाद समाधानउन्मुख, देउवा–पौडेल बसेर शुक्रबार टुंग्याउने   * किन उच्च पदस्थ महिलाको हुन्छ बढी ‘डिभोर्स’ ?   * काठमाडौं मलको जिम्मेवारी दिवा सपना जेभीलाई   * दोलखामा आवास पुर्ननिर्माणमा ढिलाइ   * मापसे गरेर सवारी चलाए हिरासतमा बस्नै पर्ने   * नेकपाका कार्यकर्ताले गरे आत्मसमर्पण   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
पत्रपत्रिका खवर

अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने

२७-मंसिर-२०७६ | ०७:२३:२० am

काठमाडौं – कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ। हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्।

आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ। सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने खबर गोरखापत्र दैनिकमा छ।  पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ९उपसचिव० गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै भने, “एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन्।”

आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ। चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन्।

नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ। पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ।

सम्बन्धित समाचार