मृत अवस्थामा फेला

काठमाडौं, १७ कात्तिक  धादिङ, सिद्धलेक गाउँपालिका-४ बागेशवरी मन्दिर नजिक त्रिशुली नदीमा गल्छी गाउँपालिका-८ बस्ने ४६ वर्षीय मान बहादुर सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ स्थित बागमती खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्तामा फेला परेका छन् । सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१० पाटीगाउँ बस्ने ५६ वर्षीय साईला दमाईआइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । ईन्द्रावती गाउँपालिका-११न्यौपानेटारस्थित नबज्योति क्रसरले बालुवा शुद्धिकरण गर्न बनाएको खाल्डोमा डुबेकोअवस्थामा उनको शव फेला परेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।