नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
झापा, ७ कात्तिक
गौरीगंज गाउँपालिका ५ फत्तेपुरबाट नियन्त्रित लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका ३ बस्ने २० वर्षीय सुरज कुमार महत्तो समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया