बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
राजनीति

सर्वोच्चमा रिट

०७-मंसिर-२०७६ | ०१:०४:१० am

काठमाडौं । सभामुख नभएको अवस्थामा बाधा अड्काउ फुकाउमार्फत काम गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको शुरुआत नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरुको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ ।

रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हुँदा काममा ढिलाइ भएको उल्लेख छ । जनताको काम छिटो र सहज तरिकाले गर्नका लागि बाधा अड्काउन फुकाउका माध्यमबाट राष्ट्रपतिले विधेयक पास गर्न आदेशको माग गरिएको छ । रासस

सम्बन्धित समाचार