बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
समाचार

अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि

०६-मंसिर-२०७६ | ०७:५६:५६ pm

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।

नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो । नाराले आज पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्षझैँ यसवर्ष पनि नाराले जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि कायाक र कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । “प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत र्याफ्टिङ रेस प्रतियोगिता गर्नेछौँ”, उनले भने ।

नाराका महासचिव शिशिर खनालले यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशी नदीमा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्यअनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने महासचिव खनालले बताए।

कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टिमलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । ¥याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख नगद, प्रशंसापत्र र मेडल, दोस्रो हुने समूहलाई रु ५० हजार प्रशंसापत्र र मेडल तथा तेस्रो हुने समूहलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।

यस्तै कायाकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई रु तीन हजार लाग्नेछ । तीनै प्रकारका कायाकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराले जनाएको छ ।

नाराले गतवर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायाक तथा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ३०० खेलाडीको सहभागिता रहनेछ ।

सन् २००२ बाट कायाक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता रहने सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै रु ६० लाख ५० हजार खर्च लाग्ने नाराले जनाएको छ । रासस

सम्बन्धित समाचार