बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
समाचार

क्रियाशील दलित पत्रकार संघ नेपाल गठन

०६-मंसिर-२०७६ | ०७:३६:२३ pm

काठमाडौं । नागरिक दैनिकका वरिष्ठ संवाददाता पवित्रा सुनारको अध्यक्षतामा क्रियाशील दलित पत्रकार संघ, नेपाल गठन भएको छ ।
संघका अध्यक्ष पवित्रा सुनारले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित समुदायका पत्रकारहरुको पहलमा १३ सदस्यीय समिति गठन एवं दर्ता सम्पन्न भएको जानकारी दिइन् ।
संघको उपाध्यक्षमा रेडियो नेपालमा कार्यरत टिकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशवबहादुर भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो ९० नेटवर्कका विष्णुबहादुर विक रहेका छन् ।

संघको सदस्यमा हिमालय टेलिभिजनका सन्देश परियार, सिआइएन रेडियोका सिर्जना बराल, नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, रेडियो नेपालका रमेश टमट्टा, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनका रुपा सुनार, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टाइम्स दैनिकमा कार्यरत सरिता मिजार रहेका छन् ।
दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध गरी पेशागत हकहित रक्षाका साथै सामाजिक न्यायका पक्षमा संगठित रुपमा कलम चलाउन उत्प्रेरित गर्ने उद्देश्यसहित संस्था दर्ता गरिएको र अब चाँडै देशभरी सञ्जाल विस्तार गरिने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार