बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
समाचार

एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु

०६-मंसिर-२०७६ | ०५:४९:३१ pm

काठमाडौं । नेपालका शहरी र ग्रामीण इलाकाहरुमा चिकित्सकको सल्लाह विना नै जथाभावी रुपमा एन्टिबायोटिक औषधीको सेवन गर्ने प्रचलनका कारण मानब स्वास्थ्यमा जटिल समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन् ।

विरामी हुँदा खाने अनि केहि दिन भित्रै अलि कम हुनासाथ सञ्चो भयो भन्दै मात्रा नै नपुर्‍याइ एन्टिबायोटिक औषधीले प्रयोग गर्न छाड्दा शरीरमा व्याक्टेरिया बलियो हुँदै गएर एन्टिबायोटिक औषधीले काम गर्न छाड्नुका साथै शरीरमा थप समस्यासमेत देखिन थालेको भन्दै चिकित्सकहरुले यस प्रति सवैलाई सचेत हुन आग्रह गरेका छन् ।

एन्टिबायोटिक औषधी सम्बन्धि जानकारी दिन नोभेम्बर १८ देखि २५ तारिखसम्म विश्वभर जनचेतनामूलक कार्यक्रम समेत गरिएको छ ।

यदि तपाई चिकित्सकको सल्लाह बिना नै एन्टिबायोटिक औषधी प्रयोग गर्नुहुन्छ र सञ्चो भयो भन्दै मात्रा नै पूरा नगरी बीचैमा औषधी प्रयोग गर्न छाड्ने गर्नुहुन्छ भने विचार पुर्‍याउनुहोस्, यसले तपाईंको शरीरलाई गम्भिर नकारात्मक असर पुर्‍याइरहेको हुनसक्छ ।

चिकित्सकहरुले मात्रा नमिलाई एन्टिबायोटिक औषधी प्रयोग गर्दा गराउँदा व्याक्टेरियाले आफनो स्वरुप परिवर्तन गर्ने र व्याक्टेरिया नै बलियो भएर सामान्य एन्टिबायोटिक औषधीले काम नगरेर स्वास्थ्यमा असर पार्ने जनाएका छन् ।

शरीरमा हुने हानिकारक व्याक्टेरिया वा भाइरसका कारण कुनै समस्या भयो भने त्यसलाई नियन्त्रण गर्न एन्टिबायोटिक औषधीको प्रयोग गरिन्छ ।

रुघा खोकी, ज्वरो, निमोनिया, झाडापखालालगायतका भाइरसका कारण हुने रोगको संक्रमण फैलन नदिन प्रयोग गरिने एन्टिबायोटिक औषधी चिकित्सकको सल्लाह बमोजिम विना वा मात्रा नै नपुयाइकन खादा अस्पतालको आइसियु कक्षमा आउने धेरै बिरामी एन्टिबायोटिक औषधीले काम नै गर्न छाडे्र थप समस्या लिएर आउने गरेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सका अनुसार, सही मात्रामा र आवश्यकता बमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकले नकारात्मक असर गर्दैन । क्यान्सर, मधुमेह, मुटु रोग लगायतका दीर्घरोगी भने जथाभावी एन्टीबायोटिक प्रयोगबाट बढी जोखिममा हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिक औषधी कृषि, मासुजन्य पदार्थ र वातावरणमा समेत गलत प्रयोग भएको भन्दै सचेत हुन आग्रह गरेको छ ।

यसै सन्र्दभमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा समेत जनचेतना मुलक कार्यक्रम गरिएको थियो ।

जसमा विद्यार्थीहरुले एन्टिबायोटिक औषधीको गलत प्रयोगबारे कविता समेत प्रस्तुत गरेका थिए ।

हाल विश्वमा एन्टिबायोटिक औषधीले काम नगर्दा प्रत्येक ४५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । सन् २०५० सम्ममा कुनै पनि एन्टिबायोटिक औषधीले मानिसको शरीरमा काम नै गर्न छाड्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

औषधी पसलहरुले जथाभावी रुपमा एन्टिबायोटिक औषधी बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको छ ।

यो समस्या विश्वभरी नै देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सचेत हुन आग्रह गरेको छ ।

एन्टिबायोटिक औषधीको सही प्रयोगबारे नेपाल सरकारले समेत राष्ट्रिय नीति नै बनाएर पास गर्ने अवस्थामा पुगेको छ ।

सम्बन्धित समाचार