बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
अन्तर्राष्ट्रिय

एसिया कप क्रिकेट : भारतमाथि पाकिस्तानको जित

०४-मंसिर-२०७६ | ०५:५७:१७ pm

ढाका । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कपको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि रोमाञ्चक जित निकालेको छ। अन्तिम ओभरसम्म भारतको पक्षमा रहेको खेल पाकिस्तानले ३ रनले आफ्नो पक्षमा पारेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६७ रन जोड्यो। २६८ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम बलसम्म संघर्ष गर्‍यो। उसले ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनायो। उसका लागि सन्वीर सिंहले ७६ रन जोडे। तर त्यो जितका लागि भने प्रर्याप्त भएन।

जितका लागि भारतलाई १२ बलमा १५ रन चाहिएको थियो। उक्त अवस्थामा भारतका लागि चिन्मे सुतारले ४९औं ओभरको पहिलो बलमा १ रन जोडेर शिवम मावीलाई स्ट्राइक दिए। दोस्रो बलमा मावीले कुनै रन लिन सकेनन्। त्यसपछि भारतले तेस्रो पाँचौँ बलमा १(१ रन जाड्यो।
उक्त ओभरको अन्तिम बलमा मावीले चौका हिर्काए र भारतलाई जितको आशा जगाए। तर अन्तिम ओभरको दोस्रो बलमा उनी अमद बुटको सिकार भएपछि भने भारतको आशा सकियो। त्यसपछि जितका लागि ४ बलमा ७ रन आवश्यक परेको थियो। त्यसपछि तेस्रो बलमा नयाँ ब्याट्स्म्यान सिद्धार्थ देसाइले कुनै पनि रन जोड्न सकेनन्। भारतले चौँथो, पाँचौँ र छैठौँ बलमा १-१ रनमा मात्र जोड्न सक्यो।

पाकिस्तानको जितका लागि मोहम्मद हसेनाइन र सइफ बदरले २-२ विकेट लिए। त्यस्तै अमद बुट र उमेर खानको नाममा पनि १-१ विकेट रह्यो। यसअघि ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ओमर युसुफले सर्वाधिक ६६ रन जोडे। उनले ९७ बलको सामना गर्दै २ छक्का र ३ चौका हिर्काए। त्यस्तै नटआउट रहेका सइफ बदरले महत्वपूर्ण ४७ रन हिर्काए।

जितसँगै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अब बंगलादेश र अफगानिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा भिड्नेछ। अन्नपुर्ण पाेष्ट

सम्बन्धित समाचार