बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
अन्तर्राष्ट्रिय

भारतका मुख्यमन्त्रीले भने: “कालापानी भारतको हो र भारतमै रहन्छ”

०३-मंसिर-२०७६ | ०२:४६:१५ pm

काठमाडौं । सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने बताएका छन् ।

नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन् ।

काठमाडौंमा मंसिर १ मा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्तिकाे बुधबार जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

भारतीय अखवार अमर उजालाकाे अनलाइन संस्करणले प्रकाशित गरेकाे समाचार अनुसार मुख्यमन्त्री सिंहले,’जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ’ भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अभिब्यक्त्तिलाई लिएर भारतीय सञ्चारमाध्यम तरंगित भइरहेका बेला नेपालसँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन् ।

मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन्।

जम्मु-कश्मी र लद्दाखलाई टुक्राउने क्रममा भारत सरकारले एक महिना अघि सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेको थियो ।

त्यसपछि नेपालमा लगातार भारत विरोधी प्रदर्शन भइरहेको छ । उनले नेपालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भारतमाथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे।

नेपालका प्रधानमन्त्रीले सोमबार यस मामिलामा बोल्दै नेपाली भूमि कालापानी क्षेत्रबाट तुरुन्त सैनिक हटाएर खाली गर्न भनेका थिए ।

यसबारेमा थप बोल्दै मुख्यमन्त्री वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताए ।

भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ ।

सम्बन्धित समाचार