बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
अर्थ वाणिज्य

डाक्टर अर्थमन्त्री भएको देशको अर्थतन्त्र बिरामी

०१-मंसिर-२०७६ | ०३:२४:४४ pm

डाक्टर अर्थमन्त्री भएको देशको अर्थतन्त्र बिरामी काठमडौं । अर्थमन्त्री डाक्टर भएको नेपालको अर्थतन्त्र बिरामी भएको छ ।

देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) घाटामा रहनु, मुख्यतः छिल्लो समय सेयर बजार ओरलो लागेको लाग्यै हुनु, सेयर बजारका लगानीकर्ता अर्थमन्त्री र नेपाल स्टक एक्सचेञ्जप्रति आक्रोशित हुनु,सेयर बजारलाई हेर्ने अर्थमन्त्री डा. खतिवडाको दृष्टिकोण र नेप्सेको लापरबाहीजस्ता कारणले उनीप्रति आममानिसको धारणा नकारात्मक गएको हो ।

र, यसका साथै उनी स्वयंले करको दायरा बढाएर आपूm अलोकप्रिय बने भन्ने टिप्पणीलाई पनि स्वीकारेकाले डाक्टर अर्थमन्त्री भएको देशको अर्थतन्त्र बिरामी भएको हो ।

सैद्धान्तिक ज्ञान भएर पनि उक्त ज्ञानलाई व्यवहारमा उतार्न नसकेको भन्दै यतिखेर डा. अर्थमन्त्रीबारे नै गुनासो हुँदै आइरहेको छ । उनीमाथि यस्तो आरोप लागिरहँदा उनी स्वयंले आफू अलोकप्रिय बने पनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज उनले यस्तो बताएका हुन् ।‘सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको छ,’ उनले भने, ‘लामो समय अध्यारोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ ।’

तर, उनले अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

यसका साथै उनले आपूm आर्थिक वृद्धिको लक्ष्यमा अडीग रहेको उल्लेख गरेका छन् । साथै उनले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार आर्थिक वृद्धि हुने पनि बताए ।

गैरराजनीतिक क्षेत्रका डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा निकै वाहीवाही पाएका थिए । तर, तिनै अहिले एकाएक सर्वाधिक आलोचनाका पात्र बनेका छन् ।

आमजनता र विपक्षीले मात्र नभई सत्तापक्षले पनि निरन्तर उनको आलोचना गरिरहेका छन् ।

ओलीले आफ्नो मन्त्रीमण्डलमा गैरराजनीतिक व्यक्तिलाई मन्त्री बनाएकामा तत्कालै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकार ‘सरदार’ बन्न खोजेको आरोप लगाएर लगाएका थिए ।

त्यस्तै, अर्थमन्त्रीले कुनै पनि प्रदेशसँग बजेटलगायत कार्यमा समन्वय नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष अर्थमन्त्रीविरुद्ध आक्रोश पोखेका थिए । अझ प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेलले उनले ल्याएको बजेटप्रति आलोचना गर्दै खतिवडालाई ‘कच्चा’ अर्थमन्त्रीको संज्ञासमेत दिएका छन् ।

सम्बन्धित समाचार