बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
न्याय/कानुन

अतिक्रमित भूभाग फिर्ता ल्याउन सर्वोच्चमा रिट

२८-कार्तिक-२०७६ | ०५:४७:३७ am

काठमाडौँ – छिमेकी मुलुक भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता नेपालको भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता सुजित केसी र ग्रटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कालापानीमा रहेको भारतीय सशस्त्र सैनिक बललाई तत्काल त्यहाँबाट हटार्इ त्यहाँ नेपाली सुरक्षाकर्मी राख्न नेपाल सरकारसंग माग गरेका छन्।

रिट निवेदनमा हाल प्रचलनमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा र लिपुलेक नरहेकाले त्यसलाई समेत समेटर नयाँ नक्सा अन्तर्राष्ट्रिय रुपमै जारी गर्नसमेत माग गरिएको छ। अतिक्रमित भूमी फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न सरकारका नाममा परमादेशको माग निवेदनमा गरिएको देशकै उच्चतम न्यायलय सर्वोच्चले जनाएको छ।

बिहीबार देखि नै सुनुवाइ हुने रिट निवेदनमा नेपाल सरकार अन्तर्गतका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाइएको छ ।

सम्बन्धित समाचार